पाल्पा–बुटवल सडक अवरुद्ध

 असोज १०, २०७७ शनिबार १२:१५:३२ | देव पचभैया
unn.prixa.net

पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरो हटाउन शुरु गरे पनि धेरै ठाउँमा पहिरो खसेकाले समय लाग्ने प्रहरीको अनुमान छ । बाटो बन्द भएपछि पालबाट बुटवलका लागि छुटेका गाडीहरु केराबारी, चर्चरे, जोरधारामा रोकिएका छन् भने बुटवलबाट पाल्पाका लागि छुटेका गाडी सिद्धबाबा मन्दिर क्षेत्रमै रोकिएका छन् ।

बिहिबार रातिदेखि परेको पानीले तिनाउँ २ मा रहेको भुजेल बस्तीका २ घरमा समेत पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया