आज बेलुकादेखि ठूलो पानी पर्ने माैसमविदकाे अनुमान

 साउन २५, २०७५ शुक्रबार ८:२९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज बेलुकीदेखि ठूवो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो । 

शुक्रबार त्यो रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकीदेखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यसकै प्रभावले अहिले देशभरी कै मौसम बदली भई केहि ठाउँमा पानी परिरहेको छ ।

आज देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान छ । पश्चिमको एकदुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने उहाँले बताउनुभयो । आइतबारसम्मै केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गर्नुभयो ।

अबको तीन दिन देशभरी नै पानी पर्दा धेरै नदीमा बाढीको जोखिम छ । साना ठूला सबै नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सावधानी तथा पूर्व तयारी गर्न बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Gopal basnet

    Aug. 10, 2018, 10:15 a.m.

    सबै त हावा नै हाेला नि

  •  0 Reply

तपाईको प्रतिक्रिया