बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

 असोज १६, २०७७ शुक्रबार १७:१६:४९ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ काे कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी र एक वर्षीया छोरी किस्मती तथा दुई वर्षीय छोरा सम्मान नेपाली रहेका छन् ।

शुक्रबार दिउँसो छोराछोरीसहित खोलामा नुहाउन गएका बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । बेपत्ता भएकाहरुकाे खोजी भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया