असहाय सृजनाको पढ्ने रहर

 कात्तिक २, २०७७ आइतबार १०:४२:९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिका-७ नाङ्गाकी सात वर्षीया सृजना डाँगीका बाबु एक वर्ष पहिले बिते । बाबुको मृत्युपछि शोकमा डुबेकी सृजनाकी आमाले मानसिक सन्तुलन गुमाउनु भयो । बाबु आमा दुबैको सहारा गुमाएपछि सृजना एक्ली भइन । उनी अहिले सहाराको खोजीमा छिन् । 

उनको दयनीय अवस्था देखेर काका पर्ने डिल्ली डाँगी र काकी बबिता डाँगीले उनलाई घर नजिकको विद्यामन्दिर प्रावि रानागाउँमा कक्षा १ मा भर्ना गरिदिएका छन् । आफ्नै आर्थिक अवस्था कमजोर भएकाले सृजनालाई आवश्यक शैक्षिक सामग्री, विद्यालय पोशाक, खाजाको व्यवस्था गर्न नसकिएको उनीहरुले बताएका छन् । 

विद्यालयमा भर्ना भए पनि उनको पढाइले निरन्तता पाउने कुनै सुनिश्चिता छैन् ।  उनको पढाइका लागि अहिलेसम्म पालिकाले पनि कुनै चासो देखाएको छैन्। 

सहयोगी हातहरु जुट्दै

विद्यामन्दिर प्राविका शिक्षक गंगा चिन्तित बिएमले सृजनाको बारेमा  फेसबुकमा स्टाटस लेखेपछि अहिले सहयोगी हातहरु जुट्न थालेका छन् । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम र शैक्षिक सामग्री, विद्यालय पोशाक असहाय सृजनालाई हस्तान्तरण गरिएको छ ।

उनको संरक्षण गरिरहनुभएकी बबिता डाँगीको संरक्षणमा रहने गरी विद्यालयको कोषबाट विद्यालय पोशाक, बालकल्याण प्रावि मुलटाकुराका शिक्षक भिमाकुमारी वली, सुबोधमा सुगम फोटो स्टुडियोका सञ्चालक कल्पना डाँगी बुढा र अभिभावक उन्नति बुढाबाट १/१ दर्जन कपी र पेन्सिल सहयोग जुटेको छ। 

यस्तै लिबाङमा रहेको बालकल्याण माविका शिक्षक कृष्ण डिसी, युवा संघ रोल्पाका संयोजक कृष्ण नेपाली र त्रिपुरेस्वरी मावि खुङ्ग्रीका शिक्षक घनश्याम डाँगीले जनही २/२ हजार सहयोग गर्नुभएको छ । सृजनाको लागि सहयोग जुट्ने क्रम जारी रहेकाले फेरि अर्को कुनै  कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिने बाल सहयोग कोषका संयोजक गीताकुमारी नेपालीले जानकारी दिनुभयो । 

असहाय बालिकालाई सहयोगका लागि वडा हुँदै गाउँपालिकामा सिफारिस गर्ने विद्यालयका प्रधानाध्यापक तथा बाल सहयोग कोषका सदस्य शेरबहादुर पुनले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया