कर्मचारीलाई दिने भनी सेवाग्राहीबाट ५ हजार रुपैयाँ लिने लेखापढी व्यवसायी पक्राउ

 कात्तिक ३, २०७७ सोमबार २०:१९:११ | अमर सुनार
unn.prixa.net

दैलेख – मालपोत कार्यालयका कर्मचारीलाई दिने भनी सेवाग्राहीबाट पाँच हजार रुपैयाँ लिएका एक लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ । 

मालपोत कार्यालय दैलेखका एक जना खरिदारलाई काम गराइदिन भनी लिएको रकमसहित लेखापढी व्यवसायी धनबहादुर बुढा पक्राउ परेका दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो । 

आयोग सुर्खेतको स्ट्रिङ अप्रेशन टोलीले लेखापढी व्यवसायी र घुस लिन सल्लाह भएका भनिएका खनाल थरका ती कर्मचारी दुवैलाई नियन्त्रणमा लिएकोमा प्रारम्भिक परीक्षणमा लेखापढी व्यवसायीमात्र दोषी देखिएको कारण उनलाई मात्र पक्राउ गरेको बताइएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया