दैलेखमा बस दुर्घटना हुँदा चालकको ज्यान गयो, १४ जना घाइते

 कात्तिक ४, २०७७ मंगलबार १९:२०:५२ | अमर सुनार
unn.prixa.net

सुर्खेत – सुर्खेतबाट जम्बुकाँधतर्फ जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका २ तल्लो डुङ्गेश्वर बजारमा दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ का ४० वर्षीय चालक ललित नेपालीको ज्यान गएको दैलेखका प्रहरी इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएका १४ यात्रुमध्ये १० जनालाई तल्लो डुङ्गेश्वर बजारको मेडिकलमा प्रारम्भिक उपचारपछि आ–आफ्नो घर पठाइएको छ । गम्भीर घाइते चार जनालाई भने थप उपचारको लागि सुर्खेत पठाइएको र घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बस ब्रेक फेल भएर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया