टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 कात्तिक ५, २०७७ बुधबार ११:१७:३८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको गुराँस गाउँपालिका–२ बान्द्रेमा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

आज बिहान बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका १० सागाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया