मौसम : पश्चिममा ठूलो पानी पर्ने, बाढीको सम्भावना हुँदा सतर्क हुन आग्रह

 साउन २७, २०७५ आइतबार ८:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आइतबार पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विषेशगरि दार्चुला, बैतडी, डोटी लगायत ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

मनसुनी न्युनचापिय रेखा माथितिर सर्दै गएकाले पानी पर्ने सम्भावना भएको हो । अरु ठाउँमा भने मध्यम खालको वर्षाको सम्भावना रहेको छ । 

यसैबीच बाढी पूर्वानुमान शाखाले लगातारको वर्षाले ठूला नदी, मझौला नदी तथा चुरेबाट बहने खोलामा बाढीको सम्भावना रहेको भन्दै नदी किनारमा बस्नेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शाखाले अबको २,३  दिनसम्म देशैभर बद्लीसहित हल्का, मध्य वा भारी वर्षाको सम्भावना भएकाले ठूला नदी, महाकाली, कर्णाली र कोशीमा आजदेखि वहाब बढ्दो क्रममा रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । 

बहाव बढे पनि खतरा तह पार गर्ने सम्भावना भने न्यून रहेकाले तटीय क्षेत्रका समुदाय सतर्कतापूर्वक आफ्नै घर तथा समुदायमै रहन भनिएको छ । 

देशका मझौला नदी कन्काई, कमला, बागमती, पूर्व राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, मोहनालगायतमा पनि आज अपराह्नदेखि नै बहाव बद्दो क्रममा रहेकाले आज राति वा भोलिसम्म सतर्कता तहसमेत पुग्न सक्ने खतरा देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया