हृदयघात भएपछि भारतीय काेरियाेग्राफर रेमाे डिसुजा अस्पताल भर्ना

 मंसिर २६, २०७७ शुक्रबार १९:४९:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चर्चित भारतीय नृत्य निर्देशक​ (काेरियाग्राफर) रेमाे डिसुजालाई हृदयघात भएकाे छ । अहिले उनकाे काेकिलाबेन धीरूभाई अस्पतालकाे आईसीयूमा उपचार भइरहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

रेमाेकी पत्नी लिज डिसुजा पनि अहिले अस्पतालमै रहेकाे बताइएकाे छ । अहिले उनकाे एन्जियाेग्राफी गरिएकाे सञ्चारमाध्यमले जनाएका छन् । ​

रेमाे डिजुजा निकै सानदार काेरियाेग्राफरकाे रूपमा चिनिन्छन्, उनले कैयाैँ हिन्दी फ्लिममा काेरियाेग्राफी गरेका छन् । एक ब्याकग्राउण्ड डान्सरबाट करियर सुरु गरेका उनले काेरियाेग्राफर हुँदै निर्देशकसम्म बन्न सफल भए । 

​अहिले उनका समर्थक र बलिवुड कलाकारहरूले उनकाे स्वास्थ्य लाभकाे कामना गरिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया