सर्लाहीकाे अन्नपूर्ण चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

 पुस २, २०७७ बिहिबार २०:११:४८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

किसानको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नदिएका कारण अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

किसानले तीन वर्षदेखि उखुको रकम नदिएको उजुरी प्रशासनमा दिएपछि त्यसैको आधारमा मिल सञ्चालक अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले किसानको अझै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया