एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
यूएई – संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा ४१ जना नेपालीले जेल जीवन बिताइरहेका छन । यहाँका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सुरु गरेको नेपाली दूतावास आबुधाबीका अनुसार जेलमा ३७ पुरुषसहित चार जना महिला रहेका छन् भने चार जना सजाय पूरा गरी नेपाल फर्किएका छन् ।
दूतावासको टोली जेल पुगेको केही दिनमै एक महिलालाई नेपाल फिर्ता पठाइएको छ । बाँकी १ जना महिलासहित २ पुरुष गरी ४ जनाले जेल सजाय पूरा गरी नेपाल फर्किएको दूतावासले जनाएको छ । दुबई जेलमा रहेका नेपालीलाई दूतावासका प्रतिनिधिले भेटसमेत गरेका छन् । दुबईको जेलमा रहेका नेपालीको अवस्था बुझ्न यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित श्रम काउन्सेलर निर्मला थापा, स्थानीय जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम दुबईको अल अविरमा रहेको सेन्ट्रल जेलमा पुग्नु भएको हो ।
दूतावासको टोलीले जेलमा रहेका नेपालीको अवस्था, आवश्यक कानुनी सहयोग तथा कागजी प्रक्रियाबारे सहजीकरण गरेको थियो । अघिल्ला वर्षहरुमा जस्तै वर्षमा दुई पटक जेल भ्रमण गर्ने योजना भए पनि सन् २०२० मा कोरोनाका कारण दूतावासले जेल भ्रमण गर्न सकेको थिएन । तर यस वर्ष भने सातैवटा एमीरेट्स पुगेर त्यहाँका ८ वटा कारागारमा कैदी जीवन बिताइ रहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने दूतावासले जनाएको छ ।
त्यस्तै उनीहरुलाई लागेको आरोप वा मुद्दाका विषयमा दूतावासले गर्न सक्ने कानूनी सहजीकरण, कानूनी सजाय पूरा गरेर नेपाल फर्किनेलाई हवाई टिकटको व्यवस्था गर्ने योजना अनुरुप अभियान सुरु गरेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । धेरैजसो नेपाली जेल पर्नुको मुख्य कारण जाँडरक्सी देखिएको छ । यसअघिको तथ्याँक अनुसार अनियन्त्रित रुपमा जाँड रक्सी पिउने र झै – झगडा गर्ने तथा झगडाले उग्र रुप लिंदा हत्यासमेत भएका घटना यूएईमा भएका छन् । त्यस्ता काममा संलग्न केही अहिले पनि दुबईको जेलमा छन ।
त्यस्तै कतिपयले सामाजिक मूल्य र मान्यता विपरीत यूएईमा अबैध यौन क्रियाकलाप, सार्वजनिक स्थलमा जथाभावी गतिविधि तथा अवैध सम्बन्ध गांसेर गर्भधारणा गर्ने जस्ता कारणले नेपालीहरु जेल परेका हुन् । त्यस्तै केही नेपाली लागूऔषध ओसारपोसारमासमेत संलग्न भएकाले जेल परेका हुन् ।
यूएईका जेलमा लागू औषध ओसारपोसार तथा कारोबारमा संलग्न रहेका कारण आजीवन काराबासको सजायसमेत सुनाइएकोले त्यसतर्फ सचेत रहन दूतावासले भनेको छ । त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग, अवैधानिक विप्रेषण (हुन्डी), ट्रफिक नियमको पालना, यूएईमा निषेध गरिएका वस्तुहरुको ओसारपसार जस्ता कार्यहरुमा सचेत रहन दूतावासले अनुरोधसमेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।