रामेछापकाे स्थानापति माविको कागजात प्रशासनको नियन्त्रणमा

 माघ १३, २०७७ मंगलबार १७:४७:४० | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिका ९ को पुरानागाउँमा रहेको स्थानापति माध्यमिक विद्यालयको कागजात जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।

विद्यालयमा अध्ययनरत दलित र छात्राको नाममा आएको छात्रवृत्ति रकम र विद्यालयको पुस्तकालय व्यवस्थापनका लागि आएको दुवै रकम विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले अनियमितता गरेको समाचार बाहिरिएको थियो । समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापबाट सोमबार प्रशासकीय अधिकृत लेखनाथ खतिवडाको नेतृत्वमा गएको टोलीले विद्यालयका कागजात नियन्त्रणमा लिएको हो । सम्बन्धित समाचार

विद्यालयमा अध्ययनरत दलित, छात्रा विद्यार्थीले पाउने छात्रवृत्ति रकम विद्यालय प्रशासनले अन्यत्र खर्च गरेको र पुस्तकालय व्यवस्थापन र लेखासम्बन्धी कागजात प्रशासनले नियन्त्रणमा लिएको छ । प्रशासनले नियन्त्रणमा लिएको कागजात अध्ययन गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने प्रशासकीय अधिकृत लेखनाथ खतिवडाले जानकारी दिनुभयो ।  

‘विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्रवृत्ति रकम ६ वर्षदेखि वितरण नगरिएको, विद्यालयको पुस्तकालय व्यवस्थापनका लागि आएको रकमसमेत विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले अपचलन गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि हामीले त्यस विद्यालयका सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ’, उहाँले भन्नुभयो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया