पाल्पामा रातिमा टिप्पर चलाउन नपाइने

 माघ २६, २०७७ सोमबार १३:४८:१४ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा रातिमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागू गरिएको छ ।  

राति ९ बजेदेखि बिहान ४ बजेसम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । रातिमा टिप्पर चलाउँदा आएको आवाजले सडक छेउका घरमा समस्या भएको गुनासो आएपछि रातिको सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रातमा सुत्न नपाइने र दिउँसोमा धुलोसँगै भात खानुपर्ने बाध्यता रहेको भन्दै स्थानीयको पटक-पटक गुनासो गर्दै आएका थिए । बैठकले रिब्दीकोट गाउँपालिका–३ खस्यौलीको हार्थोकदेखि तिनाउ गाउँपालिका–२ दोभानसम्म साढे दुइ घण्टाको समय तोकिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया