भागरथी भट्टका हत्या आरोपी सार्वजनिक, भट्टका दाइद्वारा प्रहरीमा किटानी जाहेरी

 फागुन ५, २०७७ बुधबार १५:६:१८ | जयराज अवस्थी
unn.prixa.net

आराेपी सार्वजनिक गर्दै प्रहरी

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा हत्या गरिएकी भागरथीको हत्या आरोपमा पक्राउ परेका छिमेकी दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

आरोपी भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सनातन माविकै विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत थिइन् । 

घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको र अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाइलगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

यसैबीच भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शङ्कर भट्टले किटानी जाहेरी दिनुभएको छ । शङ्कर भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको छ । भट्टविरुद्ध करणी र ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया