रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना, दुई जनाको अवस्था गम्भीर

 फागुन ७, २०७७ शुक्रबार ११:२६:२४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको मन्थली नगरपालिका-१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ । 

मन्थली नगरपालिका-४ सालुबाट सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेर मन्थलीका लागि छुटेको बा ५ ख २८५७ नम्बरकाे बस मच्छेडाँडीमा दुर्घटना भएको हो ।

उनीहरुलाई उपचारका लागि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको बस ट्र्याक्टरलाई साइड दिने क्रममा सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ५५ जना विद्यार्थी रहेका  श्रेष्ठले बताउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया