रामेछापमा चप्पल लगाएर गाडी चलाए ट्राफिक प्रहरीले कारबाही गर्ने

 फागुन १८, २०७७ मंगलबार २०:२६:५७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । 

गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाएर गाडी चलाउँदा धेरै दुर्घटना भएको निष्कर्ष निकालेर ट्राफिक प्रहरीले यो अभियान चलाउने भएको हो । चप्पल लगाएर गाडी चलाउँदा खुट्टामा आएको पसिनाले चिप्लिएर गाडीको ब्रेक नलाग्ने र ब्रेक लगाउन खोज्दा ब्रेकमा नै चप्पल अड्किने र गाडी दुर्घटना हुने भएकाले यसलाई रोक्न ट्राफिक प्रहरीले यो अभियान सुरु गर्ने भएको हो ।    

जिल्ला ट्राफिक प्रहरीले मङ्गलवारदेखि आउँदो पाँच दिनसम्मका लागि भने गाडी चालकहरुलाई खुट्टामा चप्पल लगाएर गाडी नचलाउन अनुरोध गर्ने भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले भन्नुभयो, ‘जिल्लामा चल्ने साना तथा ठूला सवारीसाधनका चालकहरूले अनिवार्य खुट्टामा जुत्ता लगाउनुपर्नेछ । जाँचका क्रममा जुत्ता नलगाइ गाडी चलाएको भेटिएमा आवश्यक कारबाही गरिनेछ ।’   

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया