गुणस्तर जाँचविनै विदेशी वस्तु भित्रिन दिँदा स्वदेशी उत्पादन सम...
बैशाख २५, २०८१ मंगलबार
काठमाण्डाै - पछिल्लो समय निक्कै चर्चामा रहेको 'फूलबुट्टे सारी' बाेलकाे गीतको संस्कृत भर्सन सार्वजनिक भएको छ ।
राजनराज शिवाकोटीको यो गीतलाई जागरण घिमिरेले संस्कृतमा गाएका हुन् । गीतका शब्दलाई के एन स्वामीले संस्कृतमा अनुवाद गरेका हुन् ।
गीतकाे संस्कृत भर्सनसँगै भिडियो ‘केएन स्वामी अफिसियल’ नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।
लेजेन्डरी भर्सन अन्तर्गत हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा गायिका मिलन नेवार, गायक मार्मिक लामा, चाइल्ड भर्सनमा अरिष्मा शिवाकोटी साथै युगान्डाकी बियोन्से फामासी नामकी गायिका लगायतको भर्सनमा आएको यो गीतले निक्कै चर्चा पाएको छ ।
१२ वर्षअघि शिवाकोटीले गाएको यो गीत पञ्जाबी भाषामा समेत रेकर्ड भइसकेको छ । विशेषत टीकटकबाट चर्चामा आएको याे गीत र यसकाे म्युजिक भिडियाेले रिलिज भएकाे छाेटाे समयमै लाखाैँ भ्युज बटुलिरहेकाे छ ।
अहिले याे गीत विभिन्न भर्सनमा सार्वजनिक भइरहेकाे छ ।
हेर्नुहाेस् भिडियाे
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gm
April 3, 2021, 12:02 p.m.Very good work