पर्वतकाे पैयुँमा आगलागी, ६ घर र ९ गोठमा क्षति

 चैत २७, २०७७ शुक्रबार १७:३:१४ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतकाे पैयुँ गाउँपालिका ६ डाँडाखर्कमा शुक्रवार दिउँसो आगलागी भएको छ । आगलागीबाट ६ घर र नाै गोठमा क्षति पुगेको छ । 

डाँडाखर्ककाे जङ्गलमा लागेको आगाे बस्तीमा प्रवेश गरेपछि घर र गाेठ जलेकाे हाे । आगलागीबाट दुई घर पूर्णरूपमा क्षति भएकाे छ भने चार घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट नाै गोठ जल्दा केही चाैपाया मरेका छन् । 

शुक्रवार दिउँसो १ बजेदेखि लागेको अहिलेसम्म पनि नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार सिंहले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि पर्वतकाे सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पठाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । 

कुश्मा बजारबाट आगलागी भएकाे ठाउँमा पुग्न झण्डै तीन घण्टा बढी समय लाग्ने भएकाले तत्काल उद्धार कार्यमा सहयोग गर्न स्थानीय प्रशासनसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया