जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
गएकाे महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा मात्रै ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गएकाे माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
गएकाे माघमा एक अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी, गएकाे माघ महिनामा पाँच लाख ३५ हजार ७ सय ९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७ सय ३८ पकट कारोबार भएको छ ।
पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गएकाे महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ ।
माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । माघमा एक खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । गएकाे माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यसैगरी माघमा मोबाइल बैकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गएकाे माघमा ३८ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत आठ अर्ब ८८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । गएकाे माघमा वालेटमार्फत नौ अर्ब ९४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।
यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट ९३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा त्यस रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा दुई करोड ८० लाख रुपैयाँले कमी आएको हो । इ–कमर्शबाट फागुनमा ९० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।