आन्दाेलनले सर्वसाधारणलाई सास्ती
बैशाख ७, २०८२ आइतबार
सुर्खेत – कर्णाली प्रदेश सभाकाे बैठक स्थगित भएकाे छ । एमालेले कोरोना माहामारीको समयमा नागरिकलाई साथ दिनुपर्ने भन्दै सदनमा अवराेध गरेपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हाे ।
एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बैठकको सुरुमै कोरोनाले नागरिक पीडामा भएको बेलामा यसरी सदन बस्न औचित्य नभएको भन्दै प्रदेश सभाको बैठक स्थगित गर्नुपर्ने माग राखेपछि एमालेका सबै सांसद उठेर बैठक स्थगित गर्नुपर्ने माग राखेका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले अर्को सूचना नआउने बेलासम्मका लागि प्रदेश सभा स्थगित भएको जानकारी गराउनुभएको थियो ।
एमाले संसदीय दलका प्रमुख सचेतक शाहले कोरोनाले नागरिक पीडामा हुँदा सरकार नसुन्ने भएकाे बताउनुभएको छ । बुधवार बसेको प्रदेश सभाको बैठकमा उहाँले प्रदेश सरकारलाई पहिलेदेखि नै भन्दै आए पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनुभएको हो ।
‘विकास, सवाल फेरि गराैँ । अहिले नागरिकमा परेको पीडामा भावना साट्ने कि नसाट्ने ? यसतर्फ सोचौँ । नागरिककाे पीडामा साथ दिऔँ’, उहाँले भन्नुभयाे, ‘यस्तो समयमा संसद् चल्न उपयुक्त हुन्छ कि हुँदैन । जनप्रतिनिधि भएर नागरिककाे भावना बुझाैँ । सदन स्थगित गरियोस् ।’
प्रमुख सचेतक शाहले नागरिकले दुःख पाएको समयमा सदन चलेको औचित्यपूर्ण नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सदनमा नागरिकका भावना राख्न चाहन्छाैँ । कोरोनाले यस्तो परिस्थिति छ । सरकारले निषेधाज्ञा गरेको छ । नागरिक त्रासपूर्ण अवस्थामा छन् । भोकभोकै हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा हामीले संसद् बैठक बस्नुको औचित्य हुँदैन । नागरिककाे पीडामा साथ दिनुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।