वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

 बैशाख १५, २०७८ बुधबार १८:२८:३८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तार गरिएलगतै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले तीन मन्त्रीलाई शपथ ग्रहण गराउनुभयो । त्यसैगरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक राज्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभयो । 

प्रदेशमा रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केशवराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले नियुक्त गर्नुभएको हो । 

नेकपा एमालेको सरकार रहेको वागमतीमा गएकाे पुस १० गते तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि वाग्मतीका तीन मन्त्रालय मन्त्रीविहीन थियो ।

तीन वटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आउनुभएको थियो । झन्डै चार महिना मन्त्रीविहीन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइएको हो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया