सार्वजनिक यातायातको सेवालाई सहज बनाउने एनसेलकाे एप ‘लेट्जगो’

 भदौ ७, २०७५ बिहिबार १९:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं- एनसेलले रामलक्ष्मण इभेसन्स् प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै ‘लेट्जगो’ नामक सार्वजनिक यातायातसम्बन्धी मोबाइल एप ल्याएको छ ।

यसमार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बसहरु कुन समयमा कहाँ छन् र आफुले चढ्न चाहेको बस कति समयको अन्तरालमाआफुलाई पायक पर्ने बिसौनीमा आइपुग्छ भन्ने जानकारी प्राप्त गर्दछन् । 

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा यात्रागर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रुपमापुर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् । 

लेट्जगो एप शुक्रबार (भाद्र ८) बाट सञ्चालनमा अाउँदैछ । एनसेलको सिम प्रयोगकर्ताले शुक्रबारबाटै एपको सेवा लिन सक्नेछन् ।

एपले प्रयोगकर्तालाई विद्यमान समयमा सञ्चालनमा रहेका सार्वजनिक बसको बारेमा जानकारी दिन्छ र सोहीअनुसार प्रयोगकर्ताले आफुलाई पायक पर्ने  बस बिसौनीमागई बस चढ्न सक्छन् । 

लेट्जगो एपप्रयोग गर्नका लागि प्रयोगकर्ताले एनसेलको सिमकार्ड प्रयोग गरी एप सुचारु गर्नुपर्छ । एप सुचारु गरेपछि कुनै पनि डाटा नेटवर्कमा यसको प्रयोग गर्न सकिनेछ । एप गुगलप्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।

शुरुवाती चरणमा यो एपले काठमाडौं उपत्यकाको १०८ वटा रुटहरुमा सञ्चालनमा रहेका ६०० भन्दा बढी सार्वजनिक सवारी साधनहरुको बारेमा जानकारी प्रदान गर्नेछ ।

सवारी साधनको जानकारी सम्बन्धीत सवारी साधनमा जडान गरिएको जीपीएस ट्र्याकिङ् प्रणालीका आधारमा प्राप्त हुन्छन् । ग्राहकको सुविधाका लागि यस एपको प्रयोग गर्दा खपत हुने डाटामा कुनै शुल्क नलाग्ने व्यवस्था गरेकाे छ । एप स्टोरबाट एप डाउनलोड गर्दा भने डाटा शुल्क लाग्नेछ । 

लेट्जगो एपमा लोकेसन शेयर, ट्याक्सी बुकिङ् र आन्तरिक उडानका समय तालिका लगायतअन्यविशेषताहरु पनि रहेका छन् ।

याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्

बाटोको कथा 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया