मौसममा बदली, सामान्यदेखि ठूलो वर्षा हुने

 भदौ ८, २०७५ शुक्रबार ८:४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अहिले देशभरीकै मौसम बदली भएको छ । केही ठाउँमा पानी पनि परिरहेको छ । मनसुन सक्रिय भएकाले अहिले केही ठाउँमा ठूलो पानी परेको मौसमविद्को अनुमान छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल माथि रहेकाले अबको तीन दिन हिजो अस्तिको भन्दा धेरै पानी पर्ने संभावना छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ भने केही ठाउँमा झरीको संभावना छ । मौसमविद् समिर श्रेष्ठले भन्नुभयो ‘मौसम खुलेजस्तो भए पनि फेरि बदली हुने छ ।’

यसैबीच आज महाकाली, कर्णाली र कन्काईमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र तथा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, रौतहटलगायत तराईका चुरे र पहाडबाट बहने नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: असोज २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • er bdr

    Aug. 25, 2018, 8:46 a.m.

    बादल लागे पानी पर्छ घाम लागे

  •  0 Reply
  • Jiro minus

    Aug. 24, 2018, 8:16 a.m.

    एक दुई ठाउँमा ठुलो बर्षा हुनेछ भनेर किन पन्छाकाे हाेला!! स्थान वा क्षेत्र भन्दा अझ राम्रो हुन्थ्यो कि?

  •  0 Reply

तपाईको प्रतिक्रिया