रोल्पामा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो

 जेठ ९, २०७८ आइतबार ९:५०:१४ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा - रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटिएको छ ।

त्रिवेणी गाउँपालिका-२ रामपुर गाउँ नजिकै बाँसघारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो । यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

हतियारका सामग्री रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहवनमा रहेकाे गुल्मको टोलीले सामग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

रोल्पामा पटक-पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गएको वर्ष असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो । हतियार भेटिए पनि राजनीतिक दबाबका कारण प्रहरीले ती कुरा गोप्य राख्दै आएको छ । रोल्पाका गाउँमा हतियार भेटिएको भए पनि प्रहरीले गोप्य राख्दा दुर्घटनासमेत हुँदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीको गुनासो छ ।

‘गएकाे वर्ष त्रिवेणी गाउँपालिका-७ मा बेवारिसे बम विष्फोट हुँदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गयो’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रहरीले कुनै जानकारी नगराउँदा यी हतियार कहाँबाट आएका हुन् र के कारणले ल्याइएका हुन् भन्ने आशङ्का उत्पन्न भएको छ ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया