जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेप्से परिसूचक बिहीवार (आज) साढे २९ अङ्कले बढेको छ । परिसूचक २९ दशमलव ५५ अङ्कले बढेर २८ सय ५६ दशमलव ६७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज १६ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरका तीन करोड ४६ लाख कित्ता शेयर किनबेच भएको हो ।
आज व्यापार, जलविद्युत्, निर्जीवन र अन्य समूहबाहेक अरू समूहको परिसूचक बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १४६ दशमलव ०२ अङ्कले बढेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।
आज मन्जुश्री फाइनान्स लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । पन्चकन्यामाई हाइड्रोपावर लिमिटेड र राधी विद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।