सल्यानमा जीप दुर्घटना : सात जना घाइते

 जेठ २४, २०७८ सोमबार १२:२०:३७ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - सल्यानमा आज बिहान जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारीअनुसार नेपालगञ्जबाट शव बोकेर वनगाड कुपिण्डे-१० थापाचौर जाँदै गरेको भे १ च ३६६९ नम्बरकाे जीप आज बिहान करिब तीन बजेतिर बनगाड कुपिण्डे-८ आगरनेटामा दुर्घटनामा परेको हो । 

जीप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा जीप चालक  २६ वर्षीय बलबहादुर कुँवर, ४० वर्षीय गाडी धनी होमबहादुर गिरी, २१ वर्षीय आइतुलाल थापा, ३२ वर्षीय खोकलाल थापा, २६ वर्षीय हुर्मती थापा, २० वर्षीय केशव थापा र ४५ वर्षीय टोपबहादुर घर्ती रहेका छन् ।

उनीहरुमध्ये चालक बलबहादुर, हुर्मती र आइतुलालको अवस्था गम्भीर छ । घाइतेमध्ये तीन जनालाई उपचारको लागि नेपालगञ्ज र घाइते भएकामध्ये अन्य तीन जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया