विश्वमा संगठित अपराधविरूद्धको अपरेशनमा ‘एप’ प्रभावकारी, ८ सय भन्दा धेरै व्यक्ति पक्राउ

 जेठ २६, २०७८ बुधबार ६:४७:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले एपमार्फत ८ सय भन्दा धेरै अपराधीलाई पक्राउ गरेको जनाएको छ ।

म्यासेजहरु गोप्य हुने एएनओएम नामक एपमार्फत विश्वरभरिबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा धेरैलाई पक्राउ गरेको एफबीआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीले बनाएको योे एपका म्यासेजहरु गोप्य हुने विशेषताका कारण अपराधमा संलग्नहरुले यो एप चलाउने क्रम बढेको छ ।

अपराधीहरुले एप प्रयोग गर्न थालेपछि अधिकारीहरूले उनीहरूका योजनाबारे थाहा पाउन थालेका थिए । म्यासेजको आधारमा अहिलेसम्म अष्ट्रेलियामा २२४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डस्मा ४९ जनालाई पक्राउ गरिएको छ । यो अपरेशन विश्वभरिका संगठित अपराधविरूद्ध ठूलो प्रहार भएको खबरमा उल्लेख छ ।

यस्तै, उनीहरुको साथबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया