यूएईमा भएको 'बिच एअर ब्याडमिण्टनमा' नेपाली समुदाय दोस्रो

 असार ७, २०७८ सोमबार १२:२६:३ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई –  यूएईमा भएको बिच एअर ब्याडमिण्टन प्रतियोगितामा नेपालले दोस्रो स्थान हात पारेको छ । दुबई स्पोर्ट्स काउन्सिल र सटल टाइम दुबईको आयोजनामा भएको अन्तर्राष्ट्रिय स्तरको ब्याडमिण्टन प्रतियोगितामा नेपाली ब्याडमिण्टन कम्युनिटी (एनबीसी)ले दोस्रो स्थान हात पारेको छ ।

दुबईको जुमेराहमा भएको प्रतियोगितामा नेपाल श्रीलंकन कम्युनिटी (समुदाय) सँग समग्रमा १००–६१ ले पराजित हुँदै दोस्रो स्थान हाँसिल गरेको नेपाली टिम व्यवस्थापक हीरालाल श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । विश्व ब्याडमिन्टन फेडेरेसन (बीडब्लूएफ) ले २०१९ अन्तर्गत रेली प्वाइन्ट पद्धतिका आधारमा अन्तर्राष्ट्रिय स्तरमा आयोजित यस प्रतियोगितामा यूएईमा रहेका नेपालसहित भारत, फिलिपिन्स र श्रीलंका खेलाडीले सहभागिता जनाएका थिए ।

नेपालले समूह चरणमा भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्दा श्रीलंकाले फिलिपिन्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । १७ देखि १९ जुनसम्म भएको खेलमा पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, मिक्स टि वान र मिक्स टि टु गरि विभिन्न पाँच विधा समावेश गरिएका थिए ।

पुरुष डबल्समा दिपेश श्रेष्ठ र अनिल जोशी, महिला डबल्समा ज्ञानु बराल र सृष्टि शाक्य, मिक्स डबल्समा टक सुनुवार र पवन मैया नकर्मी रहेका थिए । मिक्स टि वानमा दिपेश श्रेष्ठ, सुनिल पौडेल र सृष्टि शाक्य रहँदा मिक्स टि टुमा टक सुनुवार, ज्ञानु बराल र पवन मैया नकर्मी रहेका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया