प्राकृतिक प्रकाेपले क्षति गरेका जिल्लामा वाग्मती प्रदेशले पाँच कराेड सहयाेग गर्ने

 असार ८, २०७८ मंगलबार २०:१९:१४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका प्राकृतिक प्रकोपले क्षति गरेका जिल्लामा पाँच करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । वाग्मतीले प्रदेश विपद् व्यवस्थापन कोषबाट सहयोग रकम उपलब्ध गराउने भएको हो ।

पहिलो चरणमा सिन्धुपाल्चोकमा अघिल्लो हप्ताको बाढीका कारण क्षति भएका पूर्वाधार तथा अवरोधहरू  हटाउने, रोकथाम, नियन्त्रण र मर्मत गरी पुनः सञ्चालन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने तयारी छ ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मातहतका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ५०/५० लाख रुपैयाँ दिने वाग्मती प्रदेश सरकारले जनाएको छ ।

यस्तै काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई २५/२५ लाख दिने प्रदेश सरकारकाे तयारी छ ।

सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट १० लाख मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराइने भएको छ । प्रतिष्ठानको व्यवस्थापनमा भोलिदेखि बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया