राेल्पा पहिराे : घाइते दुई जनालाई उपचारका लागि बुटवल लगियाे

 असार ९, २०७८ बुधबार १७:४१:१४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा मङ्गलवार (हिजो) राति पहिरोमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

हिजो राति साढे १२ बजेको समयमा आएको पहिरोले रोल्पा नगरपालिका ९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उहाँसहित उहाँका छाेरा शक्तिमान घाइते हुनुभएकाे थियाे । उहाँहरूकाे उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले जानकारी दिनुभयो । 

यस्तै पहिरोमा परेर सामान्य घाइते हुनुभएकी ४५ वर्षीया सुनमाया बुढाको गाउँकै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

हिजाे रातिकाे पहिराेमा परेर टिकासिङकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको थियो ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया