देउवालाई मत दिने पार्टीका नेताले अक्षम्य अपराध गरे : महासचिव पाेखरेल

 साउन ४, २०७८ सोमबार १५:११:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताले अक्षम्य अपराध गरेको टिप्पणी गर्नुभएको छ । 

गएकाे आइतवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूको त्याे कदम पार्टीको राजनीतिक तथा साङ्गठनिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताउनुभयो । 

आज सोमवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीको निर्णय विपरीत विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताले घटाएको उल्लेख गर्दै आपत्ति जनाउनुभयो ।

महासचिव पोखरलले भन्नुभयो, हाम्रो पार्टीको राजनीतिक, साङ्गठानिक जीवनमा यति अप्रिय घटना पनि घट्दैछन् । हिजो मात्रै हामीले देख्यौँ, हाम्रो पार्टीको निर्णय विपरीत विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमालेभित्रका कतिपय व्यक्तिले गर्नुभएको छ । यो पार्टीको राजनीतिक, साङ्गठनिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।

महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौती देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा पनि जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया