सीमापारि बजारमा नेपाली ग्राहक भारु १ सयको १ सय ६६ रुपैयाँ ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्ला केही दिन लगातार बढिरहेको शेयर बजार काराेबार मापक नेप्से परिसूचक आज मङ्गलवार भने घटेको छ । नेप्से आज नौ अङ्कले घटेर दुई हजार नौ सय ८५ दशमलव ५७ विन्दुमा झरेको छ ।
आज बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ । व्यापार, होटल, जलविद्युत्, उत्पादन र म्युचल फन्ड समूहको शेयर भने बढेको छ । म्युचल फन्ड समूहको शेयरमा आज कारोबार सुरु भएदेखि नै लगानीकर्ताको आकर्षण रहेको थियो ।
आज दुई सय १९ कम्पनीका तीन करोड १६ लाख आठ हजार कित्ता शेयर सात अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नेपाल इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि लक्ष्मी उन्नति फन्ड र लक्ष्मी इक्विटी फन्डकाे शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।