वीरगञ्जबाट पाँच किलो चाँदीका गरगहनासहित एक जना पक्राउ

 साउन ६, २०७८ बुधबार १२:४३:४८ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साको वीरगञ्जबाट पाँच किलो तीन सय ३४ ग्राम चाँदीको गरगहनासहित एक जना पक्राउ परेका छन् ।

भारतबाट अवैधरूपमा ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आज बिहान वीरगञ्ज महानगरपालिका १६ बाट सप्तरीको राजविराजका ४३ वर्षका अंगत साहलाई पक्राउ गरेको हो । साहले चितवनको खैरहनीमा ज्वेलर्स सञ्चालन गर्दै आएका समेत अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया