यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन तेस्रो स्थानमा झरेको छ । चीनलाई जापान र अमेरिकाले पछि पारेका छन् ।
अमेरिका र जापानले सात/सात स्वर्ण पदक जितेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । त्यस्तै जापानले सात स्वर्ण, एक रजत र तीन कास्य पदकसहित ११ पदक जितेको छ ।
चीन भने ६ वटा स्वर्णपदकसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, तीन रजत र ६ वटा कास्य गरी कुल १५ पदक जितेको छ । यस्तै दक्षिण कोरियाले तीन तथा अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन् ।
रसियन ओलम्पिक कमिटी, इटली, क्यानडा, फ्रान्स, हङ्गेरी, ट्युनिशिया, अस्ट्रिया, स्लोभानिया, इक्वेडर, इरान, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तानले एक/एक स्वर्ण पदक जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।