घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियालाई

 साउन १२, २०७८ मंगलबार ६:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जितेको छ । ब्रिङटाउनमा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेष्ट इन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले २–१ ले श्रृङ्खला जितेको हो ।

वेष्ट इन्डिजले दिएको १ सय ५३ रनको लक्ष्य अस्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियाका म्याथ्यु वेडले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५२ बनाएको थियो । उसका लागि इभान लेविसले अविजित ५५ रन जोडे पनि अरुले राम्रो खेल्न सकेनन् ।

अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा जोस हेजलवुड, अस्टन अगर र एडम जाम्पाले दुई/दुई विकेट लिए । दोस्रो एक दिवसीयमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको थियो भने पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डर्कवर्थ लुइस पद्धतिका आधारमा १ सय ३३ रनले हराएको थियो । 

वेष्ट इन्डिजसँगको खेलपछि अस्ट्रेलिया पाँच खेलको टी–ट्वेन्टी श्रृङ्खला खेल्न बङ्गलादेश जाँदैछ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया