यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ओलम्पिकको छैटौँ दिन सकिँदा पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ ।
जापानले अहिलेसम्म १३ स्वर्ण र चार रजतसहित २२ पदक जितेको छ । यस्तै जापानलाई पछ्याइरहेको चीनले १२ स्वर्णसहित २७ पदक जितेको छ भने तेस्रो स्थानमा रहेकाे अमेरिकाले ११ स्वर्णसहित ३१ पदक जितेको छ।
रसियन ओलम्पिक कमिटीले सात स्वर्ण जित्दा, अस्ट्रेलियाले ६ स्वर्ण जितेको छ । त्यसैगरी बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले तीन/ तीन स्वर्ण जितेका छन् । २ स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हङ्गेरी, स्लोभानिया र कोसोभो रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको सङ्ख्या २१ रहेको छ ।
टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्रि-स्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् । ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् ।
पौडीमा नेपालका एलेक्स साह पनि हिजो हिट चरणभन्दा माथि पुग्न सकेका थिएनन् । यसअघि नै जुडो र सुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।