मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने अन्तर्राष्ट्रिय मुद्रा ...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – कालोपत्र भएको तीन वर्ष नपुग्दै शहीद मार्ग अन्तर्गतकाे दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै डाेल्पासम्मको सडक हिलाम्मे भएको छ । कालोपत्र गरिएको सडकमै ठूला–ठूला खाडल बनेका छन् भने धेरैजसाे ठाउँमा कालोपत्र नै देखिँदैन । 'ओभरलोड' भएका टिपरकै कारण सडक छिया छिया भएको स्थानीयवासीकाे गुनासो छ ।
दाङबाट रोल्पा हुँदै कर्णाली प्रदेशको डोल्पा पुग्ने शहीद मार्ग जनयुद्धको समयमा तत्कालीन माओवादीले श्रम शिविरमार्फत निर्माण सुरु गरेको यो सडक माओवादी सरकारमा गएसँगै सडक विस्तार र कालोपत्रको योजना अगाडि बढेको थियो ।
२०७५ सालमा कालोपत्र सकिएको एक वर्ष नपुग्दै यो सडकको घोराही–होलेरी खण्डमा कालोपत्र उप्किएर खाडल बन्न थालेको हो । अहिले घोराही उपमहानगरको बगालेदेखि रोल्पाको होलेरीसम्मका नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।
एक्जिम बैंक अफ इन्डियाको सहयोगमा ४० करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक कालोपत्र गरिएको हो । सडकको भारवहन क्षमताभन्दा धेरै क्षमताका गाडी चल्नु र निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गर्दा कालोपत्र एक वर्ष नपुग्दै उप्किन थालेकाे स्थानीयवासीको गुनासो छ ।
यो सडकमा दाङमा रहेका दुई वटा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने दैनिक दुई सयभन्दा धेरै टिपर गुड्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।