कुवेतले नेपालसँगको सिधा उडान पुन: सुरु गर्ने, भेरोसेल खोप लगाएकालाई पनि प्रवेश अनुमति

 भदौ ३, २०७८ बिहिबार १३:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले नेपालसँगको सिधा उडान पुन : सुरु गर्ने भएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै नेपाल, भारत लगायतका देशसँगको सिधा उडानमा लगाएको प्रतिबन्ध खुला गर्दै कुवेतको मन्त्रीपरिषद्ले पुन : सिधा उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अगष्ट १ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको कुवेतले कहिलेदेखि यो नियमित उडान सुरु गर्ने भनेर मिति भने खुलाएको छैन ।

अगष्ट १ देखि खोप लगाएका आप्रवासीलाई प्रवेश अनुमति दिने निर्णय गरे पनि कुवेत प्रवेश गर्नका लागि ग्रिन जोनमा रहेका तेस्रो देशमा क्वरेण्टीनको अवधि पुरा गर्नुपर्ने नियम थियो । 

कुवेतमा नेपाली आप्रवासी श्रमिकको सङ्ख्या पनि ठुलो सङ्ख्या भएको भन्दै उनीहरूको आवतजावतमा सहजताका लागि यस्तो निर्णय लिएको कुवेतले जनाएको छ । 

यस्तै, कुवेतको मन्त्री परिषद्ले कुवेतले मान्यता नदिएको कोरोना विरुद्धको खोप लगाएका आवासीय भिसा भएकाहरूलाई पनि कुवेत प्रवेश गर्न दिने निर्णय गरेको छ ।

कुवेत सिनो फार्म(भेरोसेल) सिनोभ्यास र स्पुतनिक भी खोप लगाएका नागरिकलाई पनि कुवेतले प्रवेश अनुमति दिने छ ।  

कुवेतले फाइजर, बायोएनटेक, अक्सफोर्ड अस्ट्राजेनेका, मोर्डना र जोन्सन एण्ड जोन्स खोपलाई मान्यता दिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया