सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । महासङ्घले नेपालको निर्यात व्यापारको आकार आउँदाे तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको हो ।
नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासङ्घले गएकाे साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० देशका कुटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको अन्तरक्रियामा समृद्ध देश निर्माणका लागि निर्यातलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको हो ।
कुटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलपछि आज बिहीवार पत्रकार सम्मेलन गर्दै महासङ्घले कुन देशमा कुन वस्तुको आवश्यकता छ भन्नेबारे कुटनीतिक नियोगले छलफल गरेर एक महिनाभित्र महासङ्घलाई सुझाव दिने बताएको छ ।
त्यस अवसरमा महासङ्घका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य रामबहादुर गुरुङले नेपालको व्यापार घाटालाई कम गरी निर्यातमा जोड दिन महासङ्घले कुटनीतिक नियोगसँग छलफल अगाडि बढाएको बताउनुभयो ।
‘नेपालमा उत्पादित कृषि सामग्री र औद्योगिक सामग्रीको निर्यात मात्र नभइ ऊर्जा उत्पादनमा जोड दिइ ऊर्जा निर्यातलाई महासङ्घले अगाडि बढाउन खोजेको छ’, अध्यक्ष गुरुङले भन्नुभयो ।
अहिले नेपालबाट एक सय २० भन्दा बढी देशमा नाै सय ५० भन्दा बढी उत्पादित सामग्री निर्यात हुँदै आएको छ । समृद्ध देश निर्माणका लागि औद्योगिक क्षेत्रको निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । निर्यात प्रवर्द्धनका लागि कतिपय देशका नेपाली दूतावासमा बजेट नभएको अवस्थामा निर्यातकर्ताको पहलमा परराष्ट्र मन्त्रालयमार्फत बजेट छुट्याउन लगाएर निर्यात प्रवर्द्धनलाई जोड दिइएको उहाँले बताउनुभयो ।
नेपालबाट विशेष गरी विदेशमा कार्पेट, तयारी पोसाक, पस्मिनालगायत सामग्री बिक्री/वितरण हुँदै आएका छन् । महासङ्घका महासचिव अमृत खड्काले कुटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलपछि कुन देशमा कुन वस्तुको आवश्यता छ भन्नेबारे जानकारी पाइने हुँदा सम्बन्धित देशलाई आवश्यक सामग्री निर्यातमा महासङ्घले सहजकर्ताको भूमिका खेल्न सक्ने बताउनुभयो ।
नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै वस्तु भारतमा निर्यात हुँदै आएको छ । त्यसपछि दोस्रो निर्यात हुने देश अमेरिका हो । निर्यात गर्ने १२ वटा वस्तुगत सङ्घ र निर्यातकर्ताको सहकार्यमा विसं २०७६ माघमा स्थापना भएको महासङ्घमा अहिले २२ वस्तुगत सङ्घ आबद्ध भइसकेका छन् । नेपालको आर्थिक क्षेत्रलाई थप सबल बनाउनका लागि निर्यातलाई जोड दिनुपर्ने मान्यता राख्दै आएको महासङ्घले पाँच सय सदस्य पुर्याउने लक्ष्य लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।