यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - स्पेनिस ला लिगामा आज बिहान भएको खेलमा बार्सिलोना र एथ्लेटिको क्लबले बराबरी खेलेका छन् ।
लियोनल मेस्सी विना घर बाहिर पहिलो खेल खेलेको बार्सिलोनाले एथ्लेटिकोसँग एक/एक गोलको बराबरी खेलेको हो । घरेलु टोली एथ्लेटिकोका इनिगो मार्टिनेजले खेलको ५० औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले ७५ औं मिनेटमा बराबरी गोल फर्काए ।
इञ्जुरी समयमा बार्सिलोनाका एरिक गार्सिया रातो कार्ड पाएर बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । बराबरीपछि बार्सिलोना र एथ्लेटिकोले अङ्क बाँडेका छन् । बार्सिलोनाको २ खेलबाट ४ अङ्क भएको छ । एथ्लेटिकोले दुई खेलबाट दुई अङ्क जोडेको छ ।
बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई हराएको थियो । एथ्लेटिकोले इल्चेसँग गोलरहित बराबरी खेलेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।