इङ्ग्लिस प्रिमियर लिगमा वेष्ट ह्यामले लेस्टर सिटीलाई ४–१ ले हरायो

 भदौ ८, २०७८ मंगलबार ६:५२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामले लेस्टर सिटीलाई हराएको छ । लण्डन स्टेडियममा आज बिहान भएको खेलमा वेष्ट ह्याम युनाइटेडले सिटीलाई ४–१ ले हराएको हो ।

वेस्ट ह्यामका मिचेल एन्टेनियोले दुई तथा पाब्लो फोर्नास र सेड बेनरहमाले एक/एक गोल गरे । लेस्टरका युरी टिलेमान्सले एक गोल फर्काए । खेलको ४० औं मिनेटमा एयोजी पेरेज रातो कार्ड पाएर बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटिएको थियो ।

यो सिजनको पहिलो खेलमा वेष्ट ह्यामले न्युक्यासल युनाइटेडलाई तथा लेस्टरले वुल्भ्सलाई हराएको थियो । वेष्ट ह्याम दुई खेलमा ६ अङ्क जोडेर अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ। चेल्सी, लिभरपुल, ब्राइटन र टोटनह्यामकाे पनि ६ अङ्क छ ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया