यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले त्रिदेशीय श्रृङ्खलापछि औपचारिक रुपमा छोड्नु हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हिजो इमेलमार्फत राजीनामा पत्र पठाएका वाटमोरले नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग–२ को श्रृङ्खलापछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिनुभएको हो ।
वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो । वाटमोर त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाका लागि ओमानमा हुनुहुन्छ । त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।