सामसुङ नोट–९ को प्रि बुकिङमा ग्राहकको उल्लेख्य सहभागिता

 भदौ १६, २०७५ शनिबार ६:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सामसुङले नोट–९ को प्रि बुकिङमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जनाएको छ ।
प्रि–बुकिङ १३ दिनसम्म चलेको थियो । नेपाली मोबाइल बजारमा प्रि–बुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि–बुकिङ झण्डै तीन गुणाले बढेको सामसुङले जनाएको छ ।

मोबाइलको शुरुवात गत अगष्ट २२ मा भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रमका बीच दक्षिण एसियाली मुलुकलाई लक्षित गरेर गरिएको थियो । 

नेपालमा सामसुङले टुटफुटको बीमा र एनसेलको एकवर्षे १८००० एमबी डाटासहितको प्रि–बुकिङ खुला गरेको थियो ।

त्यसैगरी एउटा छालाको वालेट, एडीएमआई एडप्टर अथवा थप १० हजार, एउटा एचडीएमआई एडप्टर र सामसुङ कर्भ मोनिटरको कभर समेत सार्वजनिक गरेको थियो ।

यस बाहेक, सामसुङको प्रि–बुकिङमा सहभागी हुनेहरु सामसुङको लक्डी ड्रमा समेत सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । ‘हामी सामसुङमा रहेकाहरुले प्रि– बुकिङमा प्राप्त गरेको प्रतिक्रियाले एकदमै खुशी छौं । हामीले अपेक्षा गरेको भन्दा अध्याधिक धेरै प्रतिक्रिया र अद्वितीय रेस्पोन्सप्रति हामी प्रि– बुकिङ गर्नु हुने सबैलाई धन्यवाद दिन चाहान्छौं,’ आईएमएस बिजका प्रमुख रत्न स्थापितले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया