पाल्पा : ऐतिहासिक भगवती जात्रा क्षमापूजा गरी मनाइँदै

 भदौ १५, २०७८ मंगलबार ९:४७:० | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाकाे तानसेनमा मनाइने श्री रण उजिरेश्वरी भगवती जात्रा कोरोना सङ्क्रमणको कारण क्षमापूजा गरी मनाइँदै छ ।

अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा मनाइँदै आएकाे ऐतिहासिक भगवती जात्रा याे वर्ष क्षमापूजा गरी मनाउन लागिएकाे हाे। 

नेपाली सेना, गुठियार, व्यवस्थापन समिति तथा सरकारी प्रतिनिधिले सामाजिक दूरी कायम गरेर मन्दिर परिसरमै रथ  घुमाएर जात्रा सम्पन्न गर्ने तयारी गरेकाे छ ।

यसअघि जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा पाठ गरेर भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दै बजार परिक्रमा गराउने चलन थियो । 

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको हो ।  

अङ्ग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइँमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र विजय पश्चात जात्रा मनाउन सुरु गरिएकाे इतिहासमा उल्लेख छ ।

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार ठाउँमा नेपालले हार बेहोर्नु परे पनि जितगढीको लडाइँमा अङ्ग्रेज फौजलाई नेपाली फौजले हराएको थियो ।

त्यसैको सम्झनामा विसं १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले दिनुभयो। नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्रीरण उजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै आएका छन् । 

आज पाल्पामा स्थानीय रुपमा सार्वजनिक बिदा दिएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया