यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको बताएको छ । त्यसपछि पनि सम्झौता अवधि लम्ब्याउन सकिने युनाइटेडले जनाएको छ ।
— Manchester United (@ManUtd) August 31, 2021
३६ वर्षीय स्ट्राइकर राेनाल्डाेलाई युनाइटेडले १५ मिलियन युराे तिरेकाे छ । .
पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोले अहिलेसम्म ३० भन्दा धेरै मुख्य ट्रफी जितेका छन् । तीन छुट्टा छुट्टै देशमा लिग जित्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी हुन् । यसअघि म्यानचेस्टरमा रहँदा रोनाल्डोले दुई सय ९२ खेलमा एक सय १८ गोल गरेका थिए ।
‘म्यानचेस्टर युनाइटेड सधैँ मेरो हृदयको विशेष स्थानमा रहने क्लब हो । ओल्ड ट्राफोर्ड स्टेडियममा समर्थकहरू उभिनका लागि म कुर्न सक्दिन । आशा गर्छु हाम्रा लागि यो सिजन सफल हुनेछ’, रोनाल्डोले भनेका छन् ।
इटली क्लब युभेन्टससँग सम्झौता बाँकी नै रहे पनि रोनाल्डोले क्लब छाडेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।