वैदेशिक रोजगारी : एक वर्षमा १२ सय ४२ को ज्यान गयो, ज्यान गुमाउनेमा मोरङका धेरै

 भदौ १५, २०७८ मंगलबार १६:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका मध्ये गएको वर्ष सबैभन्दा धेरै मोरङका युवाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७/७८ मात्रै मोरङका ५८ जनाले विदेशमै ज्यान गुमाएका छन् । मोरङपछि ज्यान गुमाउनेको सङ्ख्या सिराहा र धनुषाको धेरै छ । सिराहाका ५७ र धनुषाका पनि ५७ जनाको नै गएको वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ ।

यस्तै महोत्तरीका ५५ जनाको, झापाका ५३ जनाको, स्याङ्जाका ४४ जनाको, सप्तरीका ४४ जनाको, सुनसरीका ४४ जनाको, नवलपरासी पश्चिमका ४० जनाको विदेशमा ज्यान गएको छ ।

गएको वर्ष ६७ जिल्लाका  १२ सय ४२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदीमा छ । साउदी अरबमा मात्रै ३६२ जना नेपाली श्रमिकले रोजगारीकै क्रममा ज्यान गुमाएका छन् ।  साउदीपछि कतारमा २३९ जना र मलेसियामा २८० जनाको ज्यान गएको बोर्डले जनाएको छ । 


ज्यान गुमाउनेको सङ्ख्या कुन जिल्लामा कति ?

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया