यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेन स्टेनले अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यास लिने घाेषणा गरेका छन् । ३८ वर्षीय स्टेनले आज मङ्गलवार अन्तर्राष्ट्रिय सबै क्रिकेटबा६ सन्न्यासकाे घाेषणा गरेका हुन् ।
दक्षिण अफ्रिकाका लागि ९३ टेस्ट, एक सय २५ एकदिवसीय र ४७ टी–२० अन्तर्राष्ट्रिय खेल्ने स्टेनले सन् २००४ मा टेस्टबाट डेब्यु गरेका थिए । उनले टेस्ट क्रिकेटबाट सन् २०१९ मा नै सन्न्यास लिएका थिए ।
स्टेन लामाे समयदेखि टाेलीबाट बाहिर रहेका थिए । उनले आफ्नाे अन्तिम अन्तर्राष्ट्रिय खेल श्रीलङ्काविरुद्ध सन् २०१९ मा खेलेका थिए ।
'स्टेन गन' काे नामबाट चर्चित यी बलरले टेस्टमा चार सय ३९, एकदिवसीयमा एक सय ९६ र टी–२० अन्तर्राष्ट्रियमा ६४ विकेट लिएका छन् ।
दक्षिण अफ्रिकाका लागि टेस्टमा सबैभन्दा धेरै विकेट लिने बलर स्टेन सन् २००८ देखि २०१४ (२ हजार ३ सय ४३ दिन) सम्म टेस्ट वरीयताकाे बलिङमा शीर्षस्थानमा थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।