यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबलमा आएको बताएका छन् ।
नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलकाे एक दिनअघि भएको पत्रकार सम्मेलनका क्रममा सुनीलले आमाको प्रेरणाले आफू फुटबलमा जोडिएको बताएका हुन् । आमाको सहयाेग प्रवृत्तिबाट फुटबलमा लाग्ने वातावरण मिलेको उनले बताए ।
पिताको सिपाही जागिरको सिलसिलामा भारतमा नै हुर्किएका सुनीलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाण्डाैमा छन् । फुटबल खेल सकिएपछि मिलेको खण्डमा नेपालमा भएका आफन्तलाई भेट्न कोसिस गर्ने सुनीलले बताएका छन् ।
भारत देशको भए पनि सुनील नेपाली राम्रोसँग बोल्न सक्छन् र नेपालप्रति उनको बेग्लै माया छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।