यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सात नम्बरको जर्सी लगाउने भएका छन् ।
१२ वर्षपछि क्लबमा फर्किएका रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने क्लबले पुष्टि गरेको हो ।
रोनाल्डोले यो नम्बर उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीबाट पाउन लागेका हुन् । गएको सिजनमा काभानीले युनाइटेडमा ७ नम्बर जर्सी लगाएका थिए । काभानी आफैँले पनि रोनाल्डोलाई ७ नम्बर जर्सी दिन सहमति जनाएका छन् । अब काभानीले २१ नम्बर जर्सी लगाउने भएका छन् ।
पाँच दिनको आइसोलेशन पूरा गरेपछि रोनाल्डोले टिमसँग अभ्यास गर्नेछन् । म्यानचेस्टर युनाइटेडले यही सेप्टेम्बर ११ मा न्युक्यासलसँग खेल्दैछ, यही खेलबाट रोनाल्डोले १२ म्यानचेस्टर युनाइटेडमा दोस्रो पटक डेब्यु गर्ने सम्भावना रहेको बीबीसीले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।