तीजकाे अवसरमा भन्दै जुवा खेलिरहेका ६ जना पक्राउ

 भदौ २५, २०७८ शुक्रबार १२:४१:९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहका ​६ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३ सय ९० रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको हो ।

प्राप्त सूचनाको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले कौडा १५ वटा र तास ६ बुकसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर–६ बस्ने डेनी भट्ट, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ का वर्ष ६० का ईवनाथ दंगाल, हेटौंडा–१५ का वर्ष ३५ का आलोक स्याङतान, वर्ष ६७ का रामसरण थापा, मनहरी गाउँपालिका–६ बस्ने वर्ष ४४ को वासु उप्रेती र भरतपुर महाँनगरपालिका वडा नंम्बर–१० बस्ने वर्ष ३८ को चुडामणि सेढाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया